नवराज पौडेल, चन्द्रौटा ।
कपिलवस्तुको शिवराज नगरपालिका ३ भितरियामा सामान्य घरपविार मा जन्म लिइएका नव गायक एंव नेपाली लोकदोहोरी गित संगितमा आफ्नो पहिचान बनाउनका लागी संघर्ष गरिरहेका बुबा काशीराम,पौडेल आमा जिरी कुमारीको पौडेल कोखबाट २०५४ सालमा जन्म लिइएका आमा बुवाको कान्छो छोरा,लोकदोहोरी गायक दिपक पौडेलले लोकदोहोरी गित संगितको क्षेत्रमा पछिल्लो समयमा धेरै चर्चा कमाउन सफल भएका छन् ।
उनले मायामा धोका खाएको, आफ्नो पहिलो एल्वम भन्थेउ भन्थेउ साथ छोड्डिन, तिज गित टल्किने त सिसाको ऐना हो, धोकेबाज लगाएत दर्जनौ गितमा आफ्नो आवाज दिएका छन् ।
सांगीतिक क्षेत्रमा निकै चर्चा कमाएकी पुर्णकला वि.सी र दिपक पौडेलको सुमधुर अवाजमा रहेको नेपाली युवा युवती गरिबीका कारण विदेशिनुको पिडा समेटिएको प्रदेशी बोलको गितमा विषेश गरि
नेपालमा बेरोजगारीका कारण गरिबीको चपेटामा परि खाडी मुलुकमा आफ्नो घर परिवार छाडी प्रचन्ड गर्मीमा १४ घण्टा पसिना बगाउंदा पनि साहुको रिन तिर्न नसक्ने अवस्था अझै पनि विद्यमान छ त्यही गरिब परिवार मा हुने दुख पिडा र वेदनाहरुलाई समावेश गरि नेपालका विभिन्न रमणीय स्थानमा छाँयाकन गरिएको निर्माताहरुले बताएका छन् ।
जसमा नेपाली चलचित्र क्षेत्रमा आमाको रोलमा धैरै चर्चा परिचर्चा कमाउन सफल रस्मी भट्ट, गायक दिपक पौडेल,रिना तामाङ को अभिनय रहेको छ । कोपिल लामाको निर्देशन, चर्चित लोक दोहारी गायक मौसम गुरुङको संगित र, मिना कुमालको शब्द रहेको मर्मस्पर्सी गितको भिडियो म्युजिक नेपाल बाट यही बैशाख १९ गते शुक्रबार सार्वजनिक हुदैछ । जसको बजार ब्यावस्थापन मेसना डिजिटल ले गरेको छ ।
विगतका तुलनमा लोकदोहरी क्षेत्रमा कलाकारहरुले निकै फड्को मारेको अवस्था विद्यमान छ ।प्रदेशीको पिडा समेटिएकाले भिडियो निकै नै चर्चामा आउने विश्वास रहेको कलाकारहरुले बताएका छन् ।
१६ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया