९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

‘एभेन्जर इन्डगेम’ ले विश्वका सबै चलचित्रको रेकर्ड तोड्यो



एजेन्सी ।
विश्वचर्चित चलचित्र सिरिज एभेन्जरको नयाँ चलचित्र अहिले विश्वभर प्रदर्शनमा छ। सन् २०१९ को अप्रिलमा प्रदर्शनमा आएको ‘एभेन्जर इन्डगेम’ ले विश्वमा धेरै कमाउने चलचित्रको रेकर्ड तोडेको छ।

शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्रले सनिबारसम्म १ अर्ब २० करोड अमेरिकी डलर आम्दानी गरेको छ। क्रिस्टोफर पालमेरी, अनिउसा साकोइ र ब्लुमबर्गको प्रस्तुति ‘एभेन्जर इन्डगेम’ ले विश्वभरमा आक्रमक व्यापार गरेर रेकर्ड ब्रेक गरेको हो।
पछिल्लो वर्ष एभेन्जर्सकै ‘इनफिनिटि वार’ ले अमेरिका र क्यानडामा २५ करोड ८० लाख अमेरिकी डलर कमाएको थियो। अहिलेको नयाँ चलचित्रले ३५ करोडको आम्दानी गरेको छ। डिजनीको उत्पादनमा बनेको चलचित्रले यति कमाई गर्नु नयाँ रेकर्ड हो।
यस्तै चीनमा ३३ करोड पाँच लाख अमेरिकी डलर कमाई गरेर सबैलाई चकित बनाएको छ। ‘एभेन्जर इन्डगेम’ले पहिलो दिनमा १५ करोड ६७ लाख कमाई गरेको छ। ‘स्टार वार – द फोर्स अवेकन’ ले सन् २०१५ मा ११ करोड ९ लाख अमेरिकी लडर कमाएर रेकर्ड राखेको थियो।
मार्भल स्टुडियोको प्रस्तुतिमा सन् २००८ मा अलौकिक शक्तिको बारेमा चलचित्र बन्न सुरु गरेको हो। पहिलो चलचित्र आइरन म्यानदेखि एभेन्जर इन्डगेमसम्म २२ ओटा चलचित्र मार्भल स्टुडियोबाट उत्पादन भइसकेका छन्।
यो स्टुडियोबाट उत्पादित अरु चलचित्रहरुका पात्र ‘क्याप्टेन अमेरिका, हल्क, ब्ल्याक विडो’हरु ब्रम्हाण्डमा भएको अर्धमानवको विरुद्धमा लडिरहेका छन्। यो भिलेनको नाम ‘थानोस’ हो।
डिज्नीको चलचित्रले साताको अन्त्यमा विश्वभर ३० करोड अमेरिकी डलर संकलन गरेका रेकर्ड छन् तर यो आम्दानी आकलन गरिएभन्दा धेरै माथि पुगेको छ।
समिक्षकहरुले यो चलचित्रलाई पाँच स्टार दिएका छन्।

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  २ : २७ बजे