९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वीरगञ्जमा नेपाली नागरिकता लिन खोज्ने भारतीय पक्राउ



वीरगञ्ज ।
गलत विवरण पेश गरि नेपाली नागरिकता दिलाउन खोज्ने एक जना भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालय पर्सामा गलत विवरण पेश गरि नेपाली नागरिकता दिलाउन खोज्ने सुदामा साह तेली पक्राउ परेका हुन् । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

सुदामाले २०६३ सालमा गलत विवरण पेश गरि वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना देखाएर ३४३०८र४८ नम्बरको नागरिकता पाएका थिए ।

२०६८ पुष २० गते सुदामाको नागरिकता बदर गरिएको थियो । सोही नागरिकता लिएर सुदामाले आफनो छोराको नागरिकता बनाउन खोेज्दा पक्राउ परेका हुन् ।

गलत विवरण पेश गरि सुदामाले नागरिकता लिएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा २०७१ सालमा परेको थियो ।पछिल्लो समय जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिनेहरुको भिड ह्वातै बढेको छ । गएको बैशाख २ गते जन्मसिद्ध नागरिकका छोराछोरीहरुले बंशजको नागरिकता पाउने बाटो सर्वोच्च अदालतले खुला गरेपछि नागरिकता लिनेहरुको भीड बढेको हो ।

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  २ : २५ बजे