एजेन्सी ।
श्रीलंकामा सर्वाजनिक स्थानमा बुर्का लगाउन प्रतिबन्ध लगाइएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सर्वाजनिक स्थानमा पूरै अनुहार छोपिने गरि बुर्का लगाउन नपाउने घोषणा गरेका हुन् ।
अप्रिल २१ मा राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलहरुमा भएको आंकवादी आक्रमणपछि सुरक्षा सतकर्ता अपनाउने क्रममा सार्वजनिक स्थलमा बुर्कामाथि प्रतिबन्ध लगाइएको हो ।
इस्टरको दिन भएको आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएको थियो । घटनामा ५०० सय जना भन्दा बढि घाइते भएका छन् । राष्ट्रपति सिरिसेनाले आपतकालीन कानुन ल्याएर बुर्कामाथि प्रतिबन्ध लगाएका हुन् । यो कानुन सोमाबारदेखि नै लागु भएको छ ।
राष्ट्रिय सुरक्षालाई ध्यानमा राख्दै अनुहार छोपिने कुनै पनि प्रकारका लुवा वा सामग्रीको प्रयोगमा रोक लगाइएको राष्ट्रपतिको कार्यालयले उल्लेख गरेको अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर कानुनमा मुस्लिम महिलाले लगाउने गरेको बुर्का वा नकाब भनेर स्पष्ट रुपमा उल्लेख भने गरिएको छैन ।
१६ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया