काठमाडौं ।
अभिनेत्री स्वेता खड्का एक्कासी बिरामी परेर उपचार गराएपछि आफूले दोस्रो जिन्दगी पाएको बताएकी छिन् । उनी फिल्म ‘हेलो जिन्दगी’ को छायांकनका लागि केही हप्ताअघि लण्डन गएकी थिइन् । लण्डनमा हुँदा उनको च्युँडो र तल्लो घाँटीमा एक्कासी समस्या देखिएको थियो ।
घाँटीमा बढी पीडा भएपछि उनले डाक्टरलाई चेक गराएकी थिइन् । स्वेताले सामाजिक सञ्जाल फेसबूकमा लामो स्टाटस लेख्दै जिन्दगीले फेरि एकपटक खेल खेलेको बताएकी हुन् ।
यतिबेला उनको भारतको दिल्लीमा उपचार भइरहेको पनि उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । लण्डनबाट भारतको दिल्ली पुगेर द्रुत प्रक्रियामार्फत शल्यक्रिया गरेको उनले बताएकी छिन् ।
शल्यक्रियापछि भने उनको स्वास्थ्यमा सुधार आइसकेको छ ।
उनको उपचारमा डाक्टर सुरेन्द्रकुमार दाबास खटिएका थिए । यस्तै नेपालबाट गएका डाक्टर पंकजले पनि शल्यक्रियामा सहयोग गरेको भन्दै स्वेताले धन्यवाद व्यक्त गरेकी छिन् ।
अभिनेत्री स्वेता खड्का यसअघि फिल्म ‘कान्छी’ मा देखिएकी थिइन् । पछिल्लो समय स्वेता व्यवसाय र समाजसेवामा पनि सक्रिय छिन् । उनले फेसबूकमा लेखेकी छिन्( ‘मैले दोस्रोपटक मृत्युलाई जितेँ ।’
यस्तो छ उनको फेसबूक पोस्ट
प्रतिक्रिया