९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

संसदको बर्खे अधिवेशन सुरु हुँदै, पहिलो बैठक चार बजे बस्ने



काठमाडौँ ।
संसदको बर्खे अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । बर्खे अधिवेशनको पहिलो बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको बर्खे अधिवेशन बोलाएकी हुन् ।
यो अधिवेशनले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट ल्याउने छ । अधिवेशनमा विशेष गरि नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल हुनेछ ।
सोमबारको पहिलो बैठकमा राष्ट्रपतिबाट अधिवेशन बोलाएको सम्बन्धी पत्र पठेर सुनाउने कार्यसूचि छ ।
यस्तै हिउँदे अधिवेशनपछि निधन भएका तीन पूर्व सांसदप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचि पनि सोमबारको बैठकलाई तोकिएको छ ।
सोमबारको बैठकमा दुवै सदनमा सत्तारुढ र विपक्षी दलका नेताले सम्बोधन गर्ने सम्भावना पनि छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  ८ : २६ बजे