९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

शीर्षस्थानमा उक्लियो म्यानचेस्टर सिटी



एजेन्सी ।
लिगका अन्तिम दुई चरणका खेल बाँकी हुँदा उपाधि होड थप रोमाञ्चक बनेको छ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधिका लागि यो सिजन साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलको होड पछिल्लो केही महिनादेखि कडा रुपमा रहेको छ ।
एकअर्कालाई पछि पारेर शीर्षस्थानमा पुग्ने होडको शृङ्खला जारी छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा जित निकाल्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी पुनः शीर्षस्थानमा फर्किएको छ भने लिभरपुल दोस्रो स्थानमा झरेको छ ।
अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले बर्नलीमाथि संघर्षपूर्ण जित निकालेको हो । पहिलो हाफमा गोल रहित भएको खेलमा सिटीलाई जिताउन दोस्रो हाफमा सर्जियो अग्युरोले गोल गरेका हुन् ।
अग्युरोले ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जितपछि सिटीको ३६ खेलबाट ९२ अंक भएको छ । दोस्रो स्थानमा झरेको लिभरपुलको एक अंक कम अर्थात ९१ अंक छ । अब दुवै टिमले दुई–दुई खेल खेल्न बाँकी छ । बर्नली ४० अंकसहित १५ औँ स्थानमा कायम छ ।

प्रकाशित मिति : १६ बैशाख २०७६ सोमबार ००:००  ८ : २४ बजे