एजेन्सी ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकत्ता नाइट राइडर्सले तेस्रो स्थानको मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।
इडेन गार्डेन स्टेडियममा आइतबार राति भएको खेलमा कोलकत्ताले मुम्बईलाई ३४ रनले पराजित गरेको हो ।
कोलकत्ताले दिएको २ सय ३३ रनको फराकिलो लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १९८ रन मात्र बनाउन सक्यो ।
मुम्बईका लागि हार्दिक पाण्डयाले ९१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीको हार टार्न सकेनन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले पुरै २० ओभर खेल्दै २ विकेट गुमाएर २३२ रन बनाएको थियो ।
कोलकत्ताका लागि सुबमन गिल, क्रिस लान र आन्द्रे रसेलले अर्धशतक बनाए । निकै आक्रामक ब्याटिङ गर्दै अविजित रहेका रसेलले ८० रनको योगदान दिए । यस्तै गिलले ७६ रन जोड्दा लानले ५४ रन बनाए ।
मुम्बईका दिपक चाहर र हार्दिक पाण्डयाले एक-एक विकेट लिए । मुम्बईले १२ मा सात खेल जितेर १४ अंक जोडेको छ भने समान खेल खेलेको कोलकत्ताले पाँच खेलमा जित हात पार्दै १० अंकसहित पाँचौं स्थानमा छ ।
१६ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया