९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

बैंग्लोरलाई हराउदै दिल्ली शीर्ष स्थानमा



एजेन्सी । 

इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्स शीर्षस्थानमा उक्लेको छ । आइतबार भएको खेलमा दिल्लीले रोयल च्यालेन्जर्स बैंग्लोरलाई १६ रनले हराउँदै शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदनमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धा्रित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन बनाएको थियो । दिल्लीले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लोरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाउँदै मात्र १ सय ७१ रन बनायो ।

दिल्लीका लागि पार्थिव पटेलले सर्वाधिक ३९ रन बनाए । २० बल खेलेका उनले ७ चौका र १ छक्काको सहयोगमा ३९ रन बनाएका हुन् ।

गुर्केरट सिंहले २७ रन बनाउँदा मार्सियूस स्टोनिसले २४ तथा कप्तान विराट कोहोलीले २३ र शिभम् डुडेले २४ रन बनाए । बलिङतर्फ दिल्लीका लागि कगिसो रबडा र अमित मिर्शले समान दुई दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको दिल्लीका लागि शिखर धावन र कप्तान श्रेयस ऐरले अर्धशतकीय पारी खेले । ३७ बल खेलेका धावनले ५ चौका र २ छक्काको सहयोगमा ५० रन पूरा गरे । त्यस्तै ३७ बल खेलेका श्रेयसले २ चौका र ३ छक्काको सहयोगमा ५२ रन पूरा गरे ।

दिल्लीका लागि रदरफर्डले २८ रन बनाउदा पार्थिव स्वले १८ तथा अक्षर पटेलले १६ रन जोडे । बलिङतर्फ बैंग्लोका लागि योजेभन्द्र चहालले सर्वा्धिक दुई विकेट लिए । त्यस्तै उमेश यादव, वाशिंगटन सुन्दर र नभदीप सानीले एक-एक विकेट लिए ।

प्रकाशित मिति : १५ बैशाख २०७६ आइतबार ००:००  १० : ५२ बजे