९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

प्रदेशसभाको बैठकमा विभिन्न विधेयक पारित



बुटवल ।

प्रदेश नं ५ को प्रदेशसभाको बैठक आइतबार बसेको छ । आइतबारको बैठकमा सभामुख पूर्णबहादुर घर्तीले ले प्रदेश नं ५, सङ्घसंस्थाको दर्ता सम्बन्धमा व्यवस्था गर्न बनेको  विधेयक  निर्णयार्थ सभामा प्रस्तुत गरेपछि सर्वसम्मतिले पारित गरेकोे छ । प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यसअघि प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गाउँसभा र नगरसभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दफावार छलफलका लागि सभामा प्रस्तुत भएको थियो ।

त्यस्तै सामाजिक विकास समितिका सभापति दीर्घनारायण पाण्डेयले प्रदेश नं ५, बालबालिकाको हक अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नं ५, खेलकूदसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक सभामा पेश गर्नुभएको थियो । त्यसअघि शून्य समयमा दिनेश पन्थीले खानेपानीको कारणले गुल्मीमा झाडा पखालाबाट मृत्यु भएको विषय दुःखद् भएको औँल्याउँदै सरकार गम्भीर हुन आवश्यक भएको बताउनुभयो ।

विषेश समयमा वीरबहादुर रानाले व्यवस्थासँगै संरचना परिवतर्न भए पनि संस्कार परिवर्तन नभएको उल्लेख गर्दै राजनीतिमा नैतिकताको खडेरी देखिएको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य युवराज खनालले सार्वजनिक वा सरकारी भवन अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै कृषिमा अनुदान उत्पादनका आधारमा वितरण गर्न आग्रह गर्नुभयो । सो अवसरमा प्रदेशसभा सदस्य कल्पना पाण्डे, अम्मरबहादुर डाँगी, आशा स्वर्णकारलगायतले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

प्रदेशसभामा प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले प्रमाणीकरण गर्नुभएका दुई विधेयकसम्बन्धी पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाउनुधएको थियो ।

यस्तै गुल्मीको मुसिकोटमा फैलिएको महामारीमा दुर्तगतिको स्वस्थ्य सेवा प्रवाह गर्न सांसदहरुले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

एक हप्ता देखि फैलिएको झाडापखलाको महामारीबाट सिंगो गाउँ नै प्रभावित भएको भन्दै प्रदेश सभा सदस्यहरुले त्यसको समाधानका लागि छुटै स्वस्थ्य सेवा सहितको टोली खटाउन आग्रह गरे । प्रदेश सभा भवन बुटवलमा आइतवार बसेको बैठकको सुन्य र विषेश समायमा बोल्दै प्रदेशसभा सदस्यहरुले स्वस्थ्य जस्तो संवेदनशील विषयम सरकार उदाशिन हुन नहुनेमा जोड दिएका हुन् ।

प्रदेशसभामा उठेका विभिन्न विषयको जवाफ दिँदै भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा उठेका सबै विषयको सम्बोधन भएको उल्लेख गर्दै गुल्मीमा भएको झाडापखालाबारे बुझ्न जनशक्ति परिचालन भएको बताउनुभयो ।

प्रकाशित मिति : १५ बैशाख २०७६ आइतबार ००:००  १० : ३७ बजे