९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा आइतबार दिनभर विद्युत अवरुद्ध



मायादेवी अनलाइन, वाणगंगा । 

कपिलवस्तुमा आइतबार दिनभर विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण सब स्टेशन चन्द्रौटामा ओभरलोडका कारण आगलागी हुदा विद्युत अवरुद्ध भएको हो । विद्युत अवरुद्ध हुँदा दिनभरीको जनजीवन प्रभावित बन्यो ।

अबरुद्ध विद्युत दिनभरको मर्मत सम्भार पछि साँझ देखि सुचारु भएको छ । आइतबार विहान ४ बजे ओभरलोड हुदा सब स्टेशनको ट्रान्सर्फमरमा आगलागि भएको थियो । बुटवलबाट ट्रान्सर्फमर ल्याई जडान गरिएको विद्युत कार्यालयका कर्मचारीले बताएका छन ।

यता दिनभरीको विद्युत अवरुद्ध र बढ्दो गर्मीले जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईमा दिनप्रतिदिन गर्मी बढ्दै जादा मानिसहरुको बजारमा चहलपहल कम छ । आइतबार जिल्लाको तापक्रम ३७÷३८ डिग्री सेल्सियस तापक्रम छ ।

बैशाख महिनाको सुरुवात संगै चढेको गर्मीले दिनभरी काम गरी खाने मजदुर, किसान बढी प्रभावित भएका छन । विशेष गरी खोलामा नदीजन्य पदार्थको उत्खनन गरी जीविकोपार्जन गर्ने बर्गहरु प्रभावित भएका हुन ।

प्रकाशित मिति : १५ बैशाख २०७६ आइतबार ००:००  १० : ३४ बजे