एजेन्सी ।
स्पेनिस महारथी बार्सिलोनाले २६ औं स्पेनिस ला लिगाको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले लेभान्टेलाई पराजित गर्दै स्पेनको शीर्ष लिगको उपाधि उचालेको हो ।
लेभान्टेविरुद्ध दोस्रो हाफमा सब्स्टीच्युट भएका कप्तान लियोनल मेस्सीले गोल गर्दे उपाधि दिलाएका हुन् । उनले खेलको ६२ औं मिनेटमा गोल गरेका थिए ।
दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकले अघि रहेको बार्सिलोनाले २६ औं उपाधि हासिल गरीरहँदा कप्तान लियोनल मेस्सी नायक बने । आउँदो बुधबार च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा लिभरपुलसँग खेल्न लागेको बार्सिलोनाका कप्तान बेञ्चमा रहँदा पहिलो हाफसम्म बार्सिलोनाले गोल गर्न नसकेपछि उनी मैदान प्रवेश गरेका थिए ।
यो सिजनमा मेस्सीले ला लिगामा ३४ गोल गरेका छन् । योसँगै च्याम्पियन्स लिगमा लिभरपुलले बार्सिलोनालाई रोक्न पहिले कप्तान मेस्सीलाई रोक्नु पर्ने विश्लेषकहरुले बताउँदै आएका छन् ।
१५ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया