मायादेवी अनलाइन, तौलिहवा ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरिक्षक रवि रावल सरुवा हुनुभएको छ । झण्डै एक बर्ष कपिलवस्तुमा रहेको काम गर्दै आउनुभएका रावलको केही दिन अघि मात्र सरुवा भएको हो । रावल प्रहरी सेवाकै शिलशिलामा सुर्खेत सरुवा हुनुभएको बताइएको छ ।
रावलको जिल्ला बसाई रहदा केही उल्लेख्य काम भएका छन् । मैडियामैत्री रावलले जिल्लाको शान्ति सु-व्यवस्थामा उल्लेख्य योगदान गर्नुभएको छ भने सिमानाकाबाट हुने तस्करी केही हद सम्म रोकिएको थियो । यसैगरी रावलकै कार्यकालमा भएको सबैभन्दा ठूलो उपलब्धी अनिता पौडेल हत्याकाण्डलाई सार्वजनिक गर्नु हो । पौडेलको हत्या भए देखि नै निरन्तर रुपमा समाचार प्रकाशन तथा प्रशारण गरेर सुरक्षाकर्मीलाई यस मायादेवी अनलाइन, मायादेवी टिभी र रेडियो मायादेवीले निरन्तर रुपमा दबाब दिदै आएको थियो ।
यद्यपि मिडियाको निरन्तरतको खबरदारी र जिल्ला प्रहरी कार्यालयको गम्भिर चासोको कारण पौडेल हत्यामा संलग्न छिट्टै सार्वजनिक हुन सफल भए । यसमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक (एसपी) अच्युतम पुडासैनी र प्रहरी नायव उपरिक्षक (डिएसपी) रवी रावलको योगदान भुल्नै नहुने भएको सरोकारवाला बताउँछन् ।
भर्खरै जिल्लाबाट सरुवा हुनुभएका प्रहरी नायव उपरिक्षक रावलले यस घटनालाई छिटो बाहिर निकाल्न खेल्नुभएको भूमिका प्रति अनिता पौडेलका आफन्तले मुक्तकण्डले प्रशंसा गरेका छन् । कपिलवस्तु प्रहरीकै इतिहासमा सिमानाकाबाट ठूलो परिमाणको चरेश रावलकै कार्यकालमा सार्वजनिक भएको थियो । यो काण्डमा तीन जना भारतीय नागरिक सहित ४० किलो चरेश बरामद भएको थियो ।
यसैगरी दाङकी एक महिलाले राष्ट्रिय वाणिज्य बैंक तौलिहवाबाट रकम झिकेर बाहिर निस्कदै गर्दा चार लाख चोरी भयो । तुरुन्तै डिएसी रावलको कमाण्डमा खटिएको टोलीले चार जना चोर सहित उक्त रकम भारतीय सिमानाकाबाट बरामद भएको थियो ।
गएको कार्तिकमा दशैको दुर्गा मूर्ती विसर्जन गर्ने क्रममा कृष्णनगरमा ठूलै तनाव भयो । स्थानीय धार्मिक समुदायका बीच उत्पन्न भएको विवाद समाधानमा प्रहरीको निकै ठूलो भूमिका रहन गयो । यस कार्यको महत्वपूर्ण भूमिका पनि रावलकै काँधमा जान्छ ।
यसैगरी कानुन विपरित सञ्चालन भएका ४० ओटा मोटरसाइकल पनि प्रहरीले बरामद गर्न सफल भएको छ । सिमानाकाको चेकजाचमा कडाई गरेपछि यति धैरै मोटरसाइकल बरामद गर्न प्रहरी सफल भएको थियो ।
हिँउदभरी जिल्लामा नदीजन्य पदार्थको चोरी निकासी मौलायो । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि नदीजन्य पदार्थको चोरीले निरन्तरता पायो । स्थानीय सरकार सञ्चालनमा आएपनि यो कार्य बन्द हुने धेरैको अनुमान थियो । तर, उहि पुरानै शैली दोहोरियो । नदीजन्य पदार्थ चोरीमा पूरै नियन्त्रण हुन नसके पनि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले चोरीमा संलग्नलाई कार्रबाही गरेर लाखौको राजश्व उठाउन सफल भएको थियो ।
प्रहरीको तथ्याङ्कमा १९ लाख बढी राजश्व उठेको उल्लेख छ । यसमा पनि डिएसपी रावल सहितका सुरक्षाकर्मीको महत्वपूर्ण योगदान छ ।
१५ बैशाख २०७६ आइतबार ००:००
4
Shares
प्रतिक्रिया