एजेन्सी ।
इण्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले महत्वपूर्ण जित निकालेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटले हराउँदै राजस्थानले प्लेअफको सम्भावना जिवितै राखेको छ ।
राजस्थानको जयपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १६० रन बनाएको थियो । हैदराबादका लागि मनिष पाण्डेले ६१ रनको उत्कृष्ट इनिङ खेले । उनले ३६ बलमा ९ चौका प्रहार गरेका थिए । डेविड वार्नरले ३७ रन बनाए भने अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो ।
बलिङतर्फ बरुण अरुण, ओशेन थोमस, श्रेयस गोपाल र जयदेव यनाड्कटले २–२ विकेट लिए । १६१ रनको लक्ष्य राजस्थानले इनिङ सकिनुभन्दा ५ बल अघि पूरा र्गयो । उसका लागि सन्जु सामसनले अविजित ४८ रनको योगदान दिए भने लियाम लिभिङस्टोनल ४४, अजिन्क्या रहाणेले ३९ र स्टिभ स्मिथले २२ रन बनाए । जितसँगै रोयल्सले १२ खेलबाट १० अंक बनाएको छ । हैदराबादको ११ खेलबाट १० अंक छ ।
१५ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया