भैरहवा ।
देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपालका अध्यक्ष सीपी गजुरेलले संसदमा पेश भएको नागरिकता विधेयक खारेज गर्नुपर्ने बताउंनु भएको छ । भारतीय या नेपाली नागरिक छानबिन गरेर मात्र नागरिता दिनुपर्नेमा जोड दिंदैं उहांले गैर–नेपालीलाई नागरिकता दिन नहुंने बताउंनुभयो ।
मुश्लिम राष्ट्रिय मुक्तिमोर्चा–नेपालको राष्ट्रिय भेलालाई आज भैरहवामा उद्घाटन गदैं अध्यक्ष गजुरेलले सो कुरा बताउंनुभएको हो । उहांले उत्पीति समुदाय मुश्लिमलाई प्रमुख दलहरुले छिन्नभिन्न पारेको आरोप लगाउंनुभयो ।
मुलुकमा राष्ट्रघाट र जनघाट बढ्दैं गएको भन्दैं उहांले राष्ट्रियता रक्षाका लागि अर्काे जनआन्दोलन गर्नुपर्ने खांचो औल्याउंनुभयो । सरकार र काठमाण्डौं महानगरपालिका मिलेर सहिद मञ्च (खुला मञ्च) कब्जा गरेको बताउंदैं उहांले बैशाखभित्र उक्त जग्गा खाली गर्न अल्टिमेटम दिएको बताउंनुभयो ।
कम्युनिष्ट नामको सरकार जनता र राष्ट्र हितमा काम गर्नुभन्दा पनि कमाउनिष्टमा लागेको उहांले दावी गर्नुभयो । सरकार सबै किसिमबाट असफल भएको भन्दैं उहांले सडक संघर्षबाटैं सरकारलाई खबरदारी गर्नुपर्ने उहांको जोड थियो ।
नेकपा क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य केबी गुरुङले यो सरकारबाट केही होला भनेर आश गर्नु मुर्खता हुंने टिप्पणी गर्नुभयो । मोर्चाका अध्यक्ष नजाबुद्धिन शाहको अध्यक्षतार सदस्य मजीव अलीको सञ्चालनमा भेला उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो देशभरबाट २ सय ५० प्रतिनीधि सहभागि रहेको भेला मोर्चाको नयां नेतृत्व चयनगरि भोली सकिनेछ ।
१४ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया