काठमाडौँ ।
थाइल्याण्डमा जारी १६ वर्षमुनिको एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको सेमिफाइनलमा हङकङलाई चार विकेटले पराजित गर्दै नेपाल फाइनल प्रवेश गरेको छ । पहिले व्याटिङ गरेको हङकङले ३२ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८६ रन बनाएको थियो । ८७ रनको लक्ष्य पछ्याएको नेपालले २१ ओभर ४ बलमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो ।
नेपालका लागि आशिष भट्टराईले १७, रोहन दुधराजले १४, दीपक बोहोराले ११ र सुवास ऐरले १० रनको योगदान दिए । बलिङतर्फ नेपालका निखिल कुमार सिंहले चार तथा रमेश कुर्मी र विशालकुमार पटेलले दुई–दुई विकेट लिए ।
१४ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया