९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

वाणगंगामा मोटरसाइकल र रिक्सा ठोक्किए, तीन जना घाइते



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको वाणगंगा भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । शनिबार दिउँसो दुई बजे वाणगंगा नगरपालिका १ शान्तिटोलमा मोटरसाइकल र रिक्सा एक आपसमा ठोकिदा तीन जना घाइते भएका हुन् ।
पूर्व बाट पश्चिम तर्फ जादै गरेको लु ४२ प १९ ७५ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउदै गरेको रिक्सा एक आपसमा ठोकिएका थिए । दुर्घटनामा परि मोटरसाइकल चालक प्यूठानको झिम्रुक गाउँपालिका ३ बस्ने दिनेश महतरा क्षेत्री, प्यूठान झिम्रुक गाउँपालिका ७ निवासी अन्दाजी २६–२७ वर्षका सुर्दशन जिसी र भारत घर बताउने रिक्सा चालक सुरेन्द्र साह रहेको इलाका प्रहरी कार्यलय पिपराले जनाएको छ ।
घाइते मध्ये मोटरसाइकल चालक दिनेश महतरा क्षेत्री र मोटरसाइकलमा सवार सुर्दशन जिसीलाई सि एण्ड सि अस्पताल जितपुरमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल रिफर गरिएको छ भने रिक्सा चालक साहको सि एण्ड सि अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घाइते मध्य मोटरसाइकलमा सवार सुर्दशन जिसीको टाउको तथा बाया घुडामा चोट लागेको छ ।
यता स्थानीयले भने अब्यवस्थीत पार्किङका कारण दुर्घटना बढेको भन्दै आक्रोस पोखेका छन् । सडक छेउछाउमा अब्यवस्थीत सवारी पार्किङ गर्दा यस ठाउँमा दुर्घटना भैरहेका छन् । नजिकै पेट्रोल पम्प हुनु र होटल तथा रेष्टुरेन्टमा रोकिएका ट्रकका कारण यहाँ पार्किङ अभाव छ । पटक पटक यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दा पनि कुनै सुनुवाई नभएको अमृत घिमिरेले बताउनुभयो । यसै स्थानमा विगत ३–४ जनाले ज्यान गुमाइसकेको घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : १४ बैशाख २०७६ शनिबार ००:००  २ : ५८ बजे