९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

१५ बर्ष देखि विद्यालय भर्ना अभियान जारी, प्रगति कति ?



मायादेवी अनलाइन, वाणगंगा ।
हरेक बर्ष सञ्चालन हुने विद्यालय भर्ना अभियान जिल्लामा प्रभावकारी हुन सकेको छैन् । बिद्यालाय बाहिर रहेका सबै बालबालिकाहरुलाई बिद्यालयको पहुँचमा ल्याउन विगत १५ बर्ष देखि निरन्तर भर्ना अभियान जारी छ । तर पनि जिल्लामा यसले सार्थकता पाउन सकेको छैन् । अझै पनि जिल्लामा ५ हजार बढी बालबालिका बिद्यालयको पहुँच बाहिर छन् । भर्ना तथा बिद्यार्थी टिकाउ अभियान चलाई पनि उनीहरु बिद्यालयको पहुँचमा आउन नसकेका हुन् ।
२०६१ साल देखि भर्ना अभियान संचालन गरिए पनि जिल्लाको सबै भन्दा पुरानो कपिलवस्तु नगरपालिका भित्र नै कैयौ बालबालिकाले बिद्यालयको मुख हेर्न पाएका छैनन । ‘हामो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई बिद्यालय पु¥याऔ’ भन्ने नारा सहित जिल्लाको सबै सरकारी र सामुदायिक बिद्यालयमा भर्ना अभियान चलिरहेको छ । यसबर्ष देखि गाउँपालिका र नगरपालिकाको अगुवाईमा बिद्यालयमा भर्ना अभियान चलाईएको छ ।
शिक्षा कार्यालयको फ्ल्यास रिपोर्ट अनुसार कक्षा १ देखि ५ सम्मका प्राबि तहका २ दशमलव ५ प्रतिशत र कक्षा १ देखि ८ सम्मका आधारभुत तहका ८ प्रतिशत बालबालिकाहरु अझै बिद्यालयको पहँुच बाहिर रहेको जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख थानेश्वर घिमिरेले बताए ।
प्राबि तह २ हजार र आधारभुत तह ३ हजार बालबालिका बिद्यालय पहुँच बाहिर छन् । बिद्यालयको पहुँचबाट टाढा रहेका ५ बर्ष देखि १४ बर्षका बालबालिकालाई भर्ना गर्नका लागि हरेक बर्षको बैशाख महिना भरी भर्ना अभियान संचालन गरिए पनि त्यो प्रभावकारी हुन सकेको छैन् । गरिबी, चेतनाको कमी र निमाबि तहको बिद्यालयको अभाव हुँदा बालबालिकाहरु अझै बिद्यालयको पुहँच बाहिर रहेको घिमिरेले बताए । अभियानमा जसरी पनि भर्ना गराउने तर बिचैमा छाडेर जाने परम्पराराले गर्दा बिद्यालय बाहिर रहेको बालबालिको संख्यामा कमी नआएको हो ।
जिल्लामा रहेका २ सय बढी मदर्साहरु मध्ये केहीले अझै सम्म शिक्षा कार्यालयमा दर्ता नरहेकोले त्यसमा पढ्ने बालबालिकाहरुको संख्या नदेखिएकाले पनि समस्या देखिएको घिमिरे बताउँछन । स्विकृति नलिई संचालनमा रहेका बिद्यलायका कारण समेत केही बालबालिकाहरु बिद्यालयको पहुँच बाहिर देखिएको घिमिरेले बताए । दर्ता नभएका मदर्साहरुको बिद्यार्थीहरु फ्याल्स रिपोर्टमा देखिने भएकाले ती बिद्यार्थी पनि बिद्यालय बाहिर देखिन आएको उनले बताए । बिशेष गरी बालिकाहरुलाई अभिभावकहरुले बिद्यालयमा पठाउन नचाहने र त्यसैमा निमाबि समेत गाउँमा नभए पछि बालिकाहरुको पढाई बिचैमा रोकिने गरेको उनले जनाए ।
सरकारले भर्ना अभियान चलाउने तर बिद्यार्थीलाई टिकाई राख्न कुनै कार्यक्रम नल्याउदा बिचैमा छाडेर जानेको संख्या धेरै हुने गरेको शिक्षकहरु बताउँछन् । भर्ना हुने बालबालिका मध्ये आधा छात्रा रहेका छन् । यस्तै प्राबिमा कक्षा छाड्ने दर ३ प्रतिशत र दोहराउने १२ दशमलव ६ प्रतिशत छ । ५ सय २८ बाल बिकास केन्द्रमा पढ्ने १६ हजार बालबालिका मध्ये ५६ प्रतिशत मात्र कक्षा १ मा भर्ना हुने गरेका छन् । अभियान संचालन गरिएको छ, तर भर्ना भएका बालबालिकालाई टिकाउन नसकिदा समस्या आएको छ , ‘शिक्षा समन्वय इकाईका अधिकृत अर्जुन कुँवरले भने ‘टिकाउ र निरन्तरताका लागि छुट्टै कार्यक्रम संचालन गर्नु पर्छ । ’
बिशेष गरी जिल्लाको दक्षिणी, सुदुर पश्चिमी र पुर्वी क्षेत्रमा बिपन्नता, सचेतनाको कमी लगायतका अनेक समस्याले जेलिए पछि भर्ना अभियानले समेत सार्थकता पाउन सकेको छैन । उता बालमैत्री शिक्षा समेत नपाए पछि केही बालबालिकाहरुले बिद्यालय छाड्ने गरेको पाईएको छ ।
बिभिन्न समस्याहरुको पहिचान गरी नीति बनाएर एकीकृत रुपमा कार्यक्रम संचालन गरिए मात्र समस्याको समाधन हुने तौलेश्वर नाथ माबिका प्राचार्य दामोदर पराजुली बताउँछन । जिल्लाका ४ सय ३२ सामुदायिक, १ सय ५६ संस्थागत, २८ मर्दसामा १ लाख ३१ हजार ३२५ बिद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७६ शुक्रबार ००:००  ८ : ४० बजे