एजेन्सी ।
१२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले कोलकत्ता नाइट राईडर्सलाई ३ विकेटले पराजित गरेको छ ।
इडेन गार्डेन स्टेडियममा बिहिबार भएको खेलमा कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पुरा र्गयो ।
राजस्थानका लागि रियान परागले सर्वा्धिक ४७ रन बनाए । यस्तै अजिंका रहानेले ३४ रन जोड्दा सन्जुसामसनले २२ रन बनाए । जोफ्रा अर्चार २७ रनमा अविजित रहे ।
कोलकत्ताक पियुस चावलाले ३ तथा सुनिल नारिनेले २ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो ।
कोलकत्ताका लागि दिनेश कार्तिकले अर्धशतकीय इनिङ्स खेल्दै अविजित ९७ रनको योगदान दिए । यस्तै नितेश रानाले २१ रन जोड्दा सुबमान गिल र आन्द्रे रसेलले १४/१४ रन बनाए । राजस्थानका भरुण आरोनले २ विकेट लिए ।
यो जितसंगै राजस्थानले कोलकत्तासंग पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । यस सिजनको पहिलो भेटमा कोलकत्ताले राजस्थानलाई ८ विकेटले हराएको थियो ।
प्रतिक्रिया