मायादेवी अनलाइन, बुद्धभूमि ।
बैशाख २ गते देखि देशैभर विद्यालयमा विद्यार्थी भर्ना अभियान सुरु भएको छ । नयाँ बर्ष संगै सुरु हुने नयाँ शैक्षिकसस्त्र पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । बर्षभरी विद्यालयमा गरेको मेहिनतको फल प्राप्त गर्ने समय पनि यही हो । किसानलाई मंसिर महिना र विद्यार्थीलाई बैशाख महिना लगभग उस्तै हो ।
देशमा अहिले स्थिर सरकार छ । गत बर्ष यहि सरकारले विद्यालय बाहिर रहेका सम्पूर्ण विद्यार्थीलाई विद्यालयको पहुँच सम्म ल्याउनका लागि हाई प्रोफाइल व्यक्तिले अभिभावकत्व ग्रहण गर्ने अभियान सञ्चालन गरेको थियो । यो अभियानमा सयौं हाई प्रोफाइलले सात दिए ।
यही शिलशिलामा कपिलवस्तुमा पनि अभिभावकत्व ग्रहण गर्ने हाईप्रोफाइल लाइन लागे । महानायक राजेश हमाल देखि बहालवाला मन्त्री सम्मले अभिभावकत्व ग्रहण गरे । स्थानीय सरकार, वरिष्ठ समाजसेवी पनि उस्तै मात्रमा थिए ।
महानायक हमालले पहिलो पटक बालकलाई विद्यालय भर्ना गराएका थिए । गत बर्ष यहि समयमा नायक हमालले बुद्धभूमि नगरपालिका २ गोरुसिंगे स्थित गौतम बुद्ध उच्च मा.वि.मा भर्ना गराएका हुन । यो उनको जीबनको पहिलो अनुभव थियो । ५ बर्षीय राजेशलाई कक्षा १ मा भर्ना गरे पछि उनले खुसी व्यक्त गरेका थिए ।
राजेशले अभिभावकत्व ग्रहण गरेका विद्यार्थी को थिए ?
बुद्धभूमि २ पुरेनामा सामान्य परिवारमा जन्मिएका हुन् राज थारु । थारुलाई हमालले अभिभावकत्व ग्रहण गरेका हुन् । बुवा काशिराम थारु र आमा लक्ष्मि थारुको उनी कान्छो सन्तान हुन । उनको बुवाको २०७४ साल कार्तिक १९ गते करेन्ट लागेर मृत्यू भएको थियो । भारतको गुजरात शहरको एक धागो कारखानामा काम गर्ने काशिराम सहित ३ जनालाई करेन्ट लागेको थियो । ती मध्ये काशिरामको मृत्यु भएको थियो ।
श्रीमानको मृत्यु भएपछि राजकी आमा लक्ष्मी थारु श्रमिक बन्न बाध्य भइन् लक्ष्मीले नदीजन्य पदार्थ गाडीमा लोड गर्ने काम गरिन् । त्यस्तो अवस्थामा महानायक हमालले राजको अभिभावकत्व ग्रहण गरेका हुन् । आफ्नो छोरालाई महानायकले अभिभावकत्व ग्रहण गरेपछि छोराको भविश्य उज्वल हुने उनको अपेक्षा थियो ।
तर, गत बर्ष अभिभावकत्व गरेका हमालले राजलाई फर्केर हेरेका छैनन् । राजेश हमालले गत बर्ष भर्ना गराईदिदा कक्षा १० सम्म पढाई खर्च दिन्छुभने पनि यस बर्ष केही नगरेको परिवारले गुनासो गरेका छन् ।
यता विद्यालयका सहायक प्रध्यानाध्यापक शिशिर अर्यालले राजेश हमालले राजलाई यस बर्ष कुनै सहयोग नगरेको बताउँनुभयो । भर्खरै विद्यालय भर्ना अभियान सुरु भएकोले राजेश हमालले सहयोग गर्नुुहुन्छ भन्नेमा आफुहरु ढुक्क रहेको अर्यालको भनाई छ । यस विषयमा हमाललाई पनि विद्यालयले कुनै पहल नगरेको स्विकार गर्नुभयो । अबको एक दुईदिन भित्र यस विषयमा जानकारी गराउने उहाँको भनाईछ ।
हेर्नुहोस भिडियोमा के भन्छन् राजका परिवार र विद्यालय
प्रतिक्रिया