९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

राष्ट्रपति भण्डारीबाट ‘ता सियान बौद्ध’ विहार अवलोकन



चीन ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बिहान ता सियान बौद्ध विहारको अवलोकन गर्नुभयो । विहार परिसरमा आइपुग्दा उहाँलाई त्यहाँका प्रमुख चेन किङले स्वागत गर्नुभयो । साथै विहारका विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी दिइएको थियो ।
चीनमा बौद्ध धर्मावलम्बीका लागि यो राम्रोसँग संरक्षण गरिएको प्राचीन धार्मिक विहार हो । यो शहरबाट करिब चार किलोमिटर दक्षिणी बाहिरी भागमा अवस्थित छ । ता सियान विहारले आफ्नो ख्यातिका कारण अधिकतम पर्यटक आकर्षण गर्छ । यसको निर्माण साधारण भए पनि आकर्षक छ ।
यो विहार ताङ वंशको शासनकालमा सम्राट गाओजोङका पालामा इसं ६५२ मा बनेको हो । यस विहारमा पुजारी सेङचुङले भारतबाट ल्याउनुभएको बौद्ध सामग्री राख्ने गरिन्थ्यो ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले विहारको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभयो । विहार अवलोकनका अवसरमा राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी हुनु भएको थियो ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  १ : ५१ बजे