९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध फुकुवा



नयाँ दिल्ली ।

मनोरञ्जनात्मक चिनियाँ एप टिक टकमाथि भारतमा लगाइएको प्रतिबन्ध हटाइएको छ । मद्रास उच्च अदालतले बुधबार टिक टकमाथिको प्रतिबन्ध फुकुवा गरेको हो ।
भारतको सर्वोच्च अदालतको विशेष आदेशपछि मद्रास उच्च अदालतले टिक टकमाथि प्रतिबन्ध हटाएको हो ।

गत सोमबार भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश रञ्जन गोगोइ नेतृत्वको इजलाशले टिकटकमाथि लगाइएको प्रतिबन्धबारे छिटो फैसला गर्न नभए, तत्काल प्रतिबन्ध हटाउन उच्च अदालत मद्रासका नाममा आदेश जारी गरेको थियो ।

भारत लगाइएको प्रतिबन्धका कारण टिक टकको प्याटेन्ट राइट चिनियाँ कम्पनी बाइट डान्स टेकलाई दैनिक ५ लाख अमेरिकी डलर घाटा भइरहेको थियो ।

समाचार संस्था रोयटर्सका अनुसार चिनियाँ कम्पनी चिनियाँ कम्पनी बाइट डान्स टेकले गत शनिबार मात्रै अदालतलाई उक्त जानकारी दिएको थियो ।
मद्रास उच्च अदालतले ३ अप्रिलमा आदेश जारी गर्दै टिक टक एप डाउनलोड गर्न नमिल्ने बनाउन भनेको थियो । उच्च अदालतको तर्क थियो कि टिक टकले पोर्नोग्राफीलाई बढावा दिइरहेको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  १ : ११ बजे