९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

कपिलवस्तुमा ९ महिनाको समयमा ८६ जनाद्धारा आत्महत्या, यस्तो छ प्रमुख कारण !



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका– १ जमुहारटोलकी १८ बर्षीया प्रनिता अग्रहरीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरिन् । कपिलवस्तु बहुमुखी क्याम्पस कक्षा १२ मा अध्ययरत प्रनिताले आत्महत्या नै रोज्नुका कारण प्रहरीले खोजी गरेको जनाएको छ । आत्महत्याको कारण नखुले पनि निराशाका कारण उनले देहत्याग गरेको उनकै साथीहरु बताउँछन ।
उता कपिलवस्तु नगरपालिका– ३ महिताकी १४ बर्षीया बविता बेल्बासे जिद्धी स्वाभावकी थिईन । सामान्य कुरामा पनि अभिभावकसंग बादबिवाद हुने गथ्र्यो । गत माघमा आमासंग सानो कुरामा बिवाद भए पछि आबेगमा आएर उनले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरिन । छिमेकीका अनुसार आफनो जिद्धी स्वभावले अनिताले अनाहकमा ज्यान फालेकी हुन् ।
प्रनिता र बबिता जस्तै अहिले जिल्लामा युवा युवतीले आत्महत्या गर्नेक्रम बढेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लो नौ महिना भित्र जिल्लामा ८६ जनाले आत्महत्या गरेका छन् । जसमा युवा युवतीहरु नै बढी छन् । आत्महत्या गर्ने मध्ये महिला ४७ र पुरुष ३९ जना छन् । प्रहरीले गरेको अध्ययन अनुसन्धान अनुसार दुई जनाले प्रेममा असफल भएको कारण र ८ जनाले आबेगमा आएर आत्महत्याको बाटो रोजेका हुन् ।
यस्तै ३३ जना घरायसी समस्या, ५ जना कमजोर आर्थिक स्थिति,, ४ जना दीघरोगका कारण, ५ जना मानसिक रोगीले अनाहकमा ज्यान फाले । यस्तै २९ जनामा बालबालिका, युवायुवती, अर्धबैशे लगायत उमेर संगै परिपक्व रहेका ब्यक्तिले पनि अनाहकमा आफनो ज्यान फालेका छन । आत्महत्याको घटनामा १६ देखि २५ बर्ष उमेरका धेरै छन् ।
प्रहरी नायब उपरिक्षक रबि रावलले आत्महत्या बिकृतिका रुपमा बढ्दै गएकोप्रति चिन्ता ब्यक्त गर्नुहुन्छ । ‘सामान्य कुरामा समेत युवा युवतीहरुले ज्यान फालेका छन् यो चिन्ताको बिषय हो’ उहाँले भन्नुभयो ।
शिक्षक, बिद्यार्थी, कृषक, मजदुर, दलका नेता लगायतका हरेक समुदायका ब्यक्तिहरु समेतले आत्महत्या गरेकोले यो गंभीर सामाजिक समस्याका रुपमा देखा परेको बताउनुभयो । अहिले सामाजिक संजालको बढ्दो प्रयोग र बैदेशिक रोजगारीमा जानेको संख्या बढे पछि आत्महत्याको क्रम पनि बढेको प्रहरी उपरिक्षक रावलले बताउनुभयो । ‘सामजिक संजालले नजिकिएको सम्बन्ध टुटे पछि आत्महत्या गर्नेहरुको संख्या बढेको छ,’ उहाले भन्नुभयो । ‘यो पुर्णतया सामाजिक समस्या हो, यसलाई बेलैमा सम्बोधन गरिएन भने यसले झन भयावहरुप लिने देखिएको छ,’ आत्महत्याको अपराध बढेकोप्रति चिन्ताब्यक्त गर्दै उहाले भन्नुभयो ‘ त्यसका लागि प्रहरीको एक्लो प्रयासले हुदैन सबैका साझा प्रयास जरुरी छ ।’
प्रहरी अनुसंधानले मानसिक असंतुलन, घरायसी झगडा, गरीबी मादकपदार्थ सेवनका कारण आत्महत्या गरेको देखिएको छ । बढ्दो महंगी, बेरोजगारी, बदलिदो सामाजिक परिबेश, निराशापन, मानसिक यातना, प्रेममा असफलताका कारण अधिकांशले आत्महत्या गर्ने गरेको पाइएको छ । बदलिदो सामाजिक परिबेश संगै आत्महत्या समेत बढदै जानु चिन्ताको बिषय रहेको आत्महत्याका बिषयमा शोध गर्नुभएका हरिराश शर्माले बताउनुभयो ।
‘आधुनिक प्रबिधिको तीब्र विकास, बदलिदो सामाजिक परिबेश संगै अहिले धेरै ब्यक्तिहरु मनोसामाजिक रोगीको बनेका छन ’ उहाले भन्नुभयो ‘ आत्महत्याको घटना पहिले पनि हुन्थ्यो तर अहिले भने अचाक्ली बढेको छ, यो गम्भीर बिषय बनेको छ ।’
आत्महत्यालाई मनोसामाजिक समस्या बताउदै उहाले त्यसको न्यनुीकरणका लागि ठाउ ठाउमा मनोसामाजिक केन्द्र स्थापना गर्नु पर्ने औल्याउनुभयो । बढ्दो जनसंख्या र परिर्वतित समाजमा आफ्नो आवश्यक्ता र चाहना पुरा गर्न नसकेपछि बढ्ेको आत्महत्या अहिले एउटा ठूलो खोजको विषय बनेको उहाको भनाई छ ।

प्रकाशित मिति : १२ बैशाख २०७६ बिहिबार ००:००  ८ : २१ बजे