९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

एविडिको विष्फोटक बयाटिङ, बैङलोरले पञ्जालाई दियो २०३ रनको लक्ष्य



मायादेवी अनलाइन, कपिलवस्तु ।
एविडिलियर्सको विष्फोटक बयाटिङमा विराट कोहलीको रोयल च्यालेन्जर्स बैंग्लोरले रविन्द्रचन्दन आश्विनको किंग्स इलावेन पञ्जाबलाई २ सय ३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले बयाटिङ गरेको बैङलोरले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै २ सय २ रन बनाउन सफल भएको हो ।
आरसिवीको लागि दक्षिण अफ्रिकी बयाट्समेन एविडिले विष्फोटक ब्याटिङ गर्दै नट आउट ८२ रन बनाए । जम्मा ४४ बल सामना गरेका उनले ७ छक्का र ३ चौका प्रहार गरेका थिए । यस्तै स्टोनिसले पनि सम्हालिएर खेल्दै ४६ रन बनाउन सफल भएका थिए । आक्रामक सुरु गरेका ओपनर पार्थीव पटेलले २४ बलमा ४३ रन बनाए । कप्ता विराट कोहली भने १३ बलमा आउट भए ।

डी भिलियर्सले १९ औं ओभरको तेस्रो,चौथो र पाँचौ बलमा मोहम्मद शामीलाई लगातार छक्का प्रहार गर्दै कुल २१ रन बटुलेका थिए । त्यस्तै अन्तिम ओभरमा हार्डस विलोजेनलाई मार्कस स्टोइनिसले समान २ छक्का र चौका साथै एवी डी भिलियर्सले १ छक्का सहित २७ रन बटुलेपछि बेंगलोरले विशाल योगफल तयार पारेको हो ।

बेंगलोरले चौथो ओभरको पहिलो बलमा कप्तान विराट कोहलीलाई १३ रनमा गुमाएको थियो । मोहम्मद शामीले मन्दीप सिंहबाट क्याच आउट गराउनु अघि कोहलीले ८ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा मुरुगन आश्विनले कप्तान रविचन्द्र आश्विनबाट पार्थिव पटेललाई ४३ रनमा क्याच आउट गराए । पटेलले २४ बलमा ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै मोइन अली ४ र अक्षयदीप नाथ ३ रनमा आउट भएपछि बेंगलोर समस्यामा परेको थियो ।

प्ले अफमा पुग्नका लागि आजको सहित बैङलोरलाई बाँकी सबै खेल जित्न जरुी छ । त्यसैले पनि उसको लागि आजको खेल गर र या मरको स्थितिमा छ । आजको खेल गुमेमा आरसीबीको प्लेअफ खेल्ने सपना एक वर्षका लागि टुंगिनेछ ।
उता पञ्जाबको पनि प्ले अफ खेल्ने सम्भावना उत्तिकै छ । उसले १० खेलमा १० अंक बटुलेको छ । उसले पनि बाँकी रहेका खेलमा २ वटा मात्रै खेल जितेमा १४ अंक हुन्छ ।पञ्जाबलाई पराजित गर्न आरसीबीलाई त्यति सहज भने हुने छैन । पञ्जाबमा क्रिस गेल र लोकेश राहुल निकै फर्ममा छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  १० : ४३ बजे