९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

पौडीमा गौरिका सिंहले १२ स्वर्ण जितिन



बाँके ।
८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिता तथा २१औँ राष्ट्रिय पौंडी प्रतियागितामा गौरिका सिंहले १२ स्वर्ण पदक जित्न सफल भएकी छन् ।
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानसहित थप दुई स्वर्ण जित्दैं पदक सङ्ख्या १२ र्पुयाएकी छिन् ।
प्रतियोगितामा नेपाली सेना पहिलो भएको छ । कुल ३४ स्वर्ण पदकमध्ये आर्मीले २० स्वर्ण १३ रजत र ५ कास्य पदकसहित प्रतियोगिताको उपाधि जितेको हो ।
यसैगरी नेपाल प्रहरीले ५ स्वर्ण, १३ रजत र ५ कास्य जित्दै दोश्रो भएको छ । एनआरएनएले ५ स्वर्ण १ रजत र १ कास्य पदक जित्दै तेश्रो भएको छ । एपीएफले ४ स्वर्ण जितेको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ८ : १३ बजे