मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका वडा नं. २ पुर्ण भर्ना तथा पुर्ण साक्षर संगै खुल्ला दिसामुक्त घोषणा भएको छ । वडा नं. २ को सबै जना सधारण लेखपढ गर्न जाने पछि पुर्ण साक्षर तथा सबै स्कुल उमेरका बालबालिकाहरु विद्यालय भर्ना भए पछि एक कार्यक्रमका बिच वडा अध्यक्ष रामभजन कलवारले घोषणा गरेका छन ।
प्रदेश नं. ५ मा कपिलवस्तु र बाँके बहेक सबै जिल्ला पुर्ण साक्षर जिल्ला घोषण भई सकेकोले कपिलवस्तु नगरपालिकाले पनि पुर्ण भर्ना तथा साक्षर कार्यक्रमलाई विषेश महत्वका साथ अभियानको रुपमा अघि बढाउदै लगेको छ । सोही अवसरमा वडा नं. २ लाई खुल्ला दिसामुक्त वडा पनि घोषणा भएको छ ।
वडाका सबै घरधुरीमा शौचालय निर्माण तथा प्रयोग भए पछि वडालाई खुल्ला दिसामुक्त घोषण गरिएको वडा अध्यक्ष कलवारले बताएका छन । यो संगै कपिलवस्तु नगरपालिकाले कपिलवस्तु नगरपालिका वडा नं. २ र ३ भई सकेको तथा विहिवार वडा नं. ७ गरिने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्यले बताएका छन ।
कपिलवस्तु नगरपालिकाको वडा नम्बर २ अन्र्तगत ९ वटा टोल लाई समेटिएको वडाका कुल १ हजार ८७ घरधुरी मध्ये १ हजार ८० घरधुरीमा निर्माण भइसकेको ले खुल्ला दिसामुक्त घोषण गरिएको छ । ७ वटा धरधुरीमा मात्र शौचालय निर्माण हुन बाकी रहेको वडालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको हो । त्यसै गरि तोकिएका सुचक पुरा गर्नुका साथै बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई बिद्यालय भर्ना गर्ने कार्य गरिए पछि वडालाई पुर्ण साक्षर र पुर्ण भर्ना घोषणा गरिएको हो ।
कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाको मेयर किरण सिंहले शौचालय निर्माण सगै प्रयोगलाई ध्यान दिन आवश्यक रहेको र आ आफ्नो टोल घर वरिपरि स्वच्छ र सफा राख्ने धारण व्यक्त गर्नु भएको थियो । सरसफाईले समाजमा स्वच्छता अभिबृद्धि हुनुका साथै नागरिक स्वस्थ्य हुन समेत सहयोग मिल्ने उनको भनाई थियो ।
शिक्षाले समाजको बृहत्तर बिकास गराउने बताउदै बालबालिका बिद्यालय बाहिर रहने बातावरण अन्त्य गर्न सबैले भुमिका निर्वाह गर्न आवश्यक रहेकोमा उनले जोड दिए । कार्यक्रममा बोल्दै उपप्रमुख लक्ष्मी गुप्ताले हामी महिलाहरुले पुर्ण साक्षर, पुर्ण भर्ना तथा खुल्ला दिसामुक्त लाई सबै भन्दा बढि जिम्मेवार रहेको बताएका छिन ।
महिलाहरु अधिकांश समय घरमै भएकोले नानीबाबुहरुलाई विद्यालय पठाउने, घरको सबै अभिभावकहरुलाई साक्षर तथा लेख पढ गराउनुको साथै साना साना बालबालिका तथा अभिभावकहरुको लागि शिक्षाको पाठ सिकाउने महिला नै भएकोले सबै महिलाहरुको जिम्मेवारी रहेको समेत उनले बताईन ।
सो अवसरमा अभियान सफल पार्न महत्पुर्ण भुमिका निर्वाह गरेका दुई दर्जनलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो । कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्य, कपिलवस्तु नगरपालिकाको शिक्षा शाखाका उप सचिव हरि प्रसाद ज्ञवाली लगायतले साक्षरताका कार्यक्रमलाई निरन्तरता दिईनुका साथै समग्र नगरपालिकालाई नै खुल्ला दिसा मुक्त बनाउने अभियान सफल पार्न सबैको सहकार्य आवश्यक रहेको बताएका थिए ।
११ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया