९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

फोरम नेपाल देश चलाउने पार्टी – यादव



मायादेवी अनलाइन, तौलिहवा ।
संघीय समाजवादी फोरम नेपाल यो देश नै चलाउने पार्टीको रुपमा स्थापित भएको फोरम नेपालको केन्द्रिय सदस्य तथा प्रदेश नं. ५ को संसदीय दलका नेता सहसराम यादवले बताएका । उहाँले पार्र्टी नयाँ विचार र सिद्धान्त बोकेर संसारभर चम्कदै गएको बताए । संघीय समाजवादी फोरम नेपाल कपिलवस्तु नगरपालिकाको प्रथम नगर अधिवेशनमा बोल्ने नेताहरुले अबको आन्दोलनको नेतृत्व फोरमले गर्ने बताए । उनीहरुले आगामी दिनमा फोरम विनाको सरकार बन्न नसक्ने दावी गरे । कार्यक्रममा पार्र्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं. ५ को संसदीय दलका नेता सहसराम यादवले पार्टीको सबै तहतपकका नेता तथा कार्यकर्ताहरु ईमन्दारीपुर्वक निर्वाह गर्नु पर्ने जोड दिनु भएको थियो ।
आगामी निर्वाचनमा फोरमले कपिलवस्तु नगरपालिका सहित कपिलवस्तुका सबै स्थानीय तहमा जित्नुपर्ने बताएका छन । यसै बीच संघीय समाजवादी फोरम नेपाल कपिलवस्तु नगरपालिकाको प्रथम अधिवेशनले जुबेर अहमद खानको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । कार्यसमितिको उपाध्यक्षमा भैयालाल चमार, सचिवमा देवनारायण यादव, सहसचिवमा ललिता आर्याल, कोषाध्यक्षमा चन्द्रराम यादव सहित २७ सदस्यीय कार्य समिति चयान भएको छ ।
त्यसै क्रममा जिल्ला समन्वय समितिको लागि पुर्व नगर अध्यक्ष सिताराम यादव, महिला फोरमको प्रदेश सदस्य सरस्वती यादव र युवा फोरमको ईरफान खानलाई चयन गरेको छ । नव निर्वाचित सम्पुर्णलाई पार्टीका नेताहरुले समाजवादी अन्दोलनमा लग्ना अहवन गर्दै सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ८ : ०२ बजे