काठमाडौँ ।
राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा बुधबार चीनको राजकीय भ्रमणका लागि प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारी बुधबार बिहान ११ बजेको उडानमा चीनका लागि प्रस्थान गरेकी हुन् ।
उनलाई बिदाई गर्न विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका उच्च पदस्थ व्यक्ति पुगेका थिए । राष्ट्रपति भण्डारी वैशाख १९ गते स्वदेश फर्किने छिन् । भ्रमणका क्रममा उनी बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुने छिन् ।
साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुने छिन् । उनी अन्तर्रा्ष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुने छिन् भने त्यहाँ रहेको नेपाली मण्डपको अवलोकन गर्ने कार्यक्रम छ । नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।
११ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया