मायादेवी अनलाइन, बुद्धभूमि ।
नव छहारी सामाजिक विकास संस्थाद्धारा संचालित सामुदायिक रेडियो मायादेवीले जनतासंग मेयर कार्यक्रम सुरु गरेको छ । मुलुकमा जनप्रतिनिधिहरु आइसकेपछि स्थानीय तहको विकास कसरी भइरहेको छ र जनताले कसरी छिटो छरिटो सेवा पाइरहेका छन् त्यसको बारेमा जानकारी लिनको लागि यो कार्यक्रम सुरु भएको रेडियो प्रशासनले जनाएको छ । कार्यक्रमको पहिलो भाग बुद्धभूमिमा रेकर्डिङ तथा छायांकन भएको छ ।
बुद्धभूमिबाट सुरु गरे पनि क्रमिक रुपमा कार्यक्रमलाई विस्तारै हरेक नगरपालिकामा लैजाने रेडियोका स्टेशन मयानेजर चन्द्रकान्त न्यौपानेले बताउनुभयो । बुद्धभूमि नगरपालिकाका मेयर केशवकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको संचालन भने रेडियोका निर्देशक दिपक अनुरागीले गर्नु भएको छ ।
मंगलबारको कार्यक्रममा सर्वसाधारणले शिक्षा, स्वास्थ्य, विकास निर्माण, सुशासन, सेवा प्रवाह, रोजगारी आदिको बारेमा धेरै जिज्ञासा राखेका छन् । नगरबासीका सबै जिज्ञासाको जवाफ मेयर श्रेष्ठले दिनु भएको छ । यसको पूरा भाग तपाइले आगामी शनिबार राति नौ बजे सुन्न सक्नु हुनेछ ।
कार्यक्रममा सहभागीले राम्रो कार्यक्रम आएको भन्दै खुलेर आफ्नो जिज्ञासा राखेका छन् । मंगलबार गोरुसिंगेको वडा नम्बर २ को कार्यालयमा निर्माण गरिएको कार्यक्रम यहाँले रेडियो मायादेवीमा हरेक हप्ताको शनिबार राति नौ बजेदेखि १० बजेसम्म सुन्न सक्नु हुने छ ।
यस्तै युट्युुवमा मायादेवी टेलिभिजनमा पनि यो कार्यक्रम सुन्नहेर्न सक्नु हुनेछ । फेसबुक प्रयोगकर्ताले हाम्रो पेज मायादेवी अनलाइनबाट पनि संसारभर सुन्न सक्नु हुने छ ।
प्रतिक्रिया