९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

हत्याका फरार प्रतिवादी २२ वर्षपछि पक्राउ



दाङ ।
दुई व्यक्तिको हत्याको आरोप लागेका एक व्यक्तिलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ७ जबरपुरका लवध्वज शाही धुर्वध्वज शाहीलाई कर्तव्य गरी हत्या गरेका सोही ठाउँका ४६ वर्षीय देशु चौधरीलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
चौधरी घरमै लुकीछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले बताउनुभयो ।
चौधरीले शाहीद्वयलाई २०५४ साल असोज २५ गते साँझ बाटोमा हिँडिरहेको बखत कर्तव्य गरी हत्या गरेको अदालतले ठहर गरेको छ । भुपेन्द्रध्वज शाहीको जाहेरीको आधारमा दाङ देउखुरी जिल्ला अदालतले २०६६ साल जेठ २० गते चौधरीलाई दुईजनाको हत्यामा कसुरदार ठहर गर्दै २० वर्ष कैद फैसला सुनाएको थियो।
त्यसयता चौधरी फरार रहँदै आएका थिए । प्रतिवादी चौधरीलाई मंगलबार नै प्रहरीले अदालतमा पेश गरी अदालतको आदेशमा कारागार चलान गरिएको जिल्ला प्रहरी प्रवक्ता शाहले बताउनुभयो । त्यसैगरी दाङको घोराहीमा चोरी गरेको सुनसहित एक जनालाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ९ : ०६ बजे