९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

राजा फालेको १४ बर्ष पुग्यो, लोकतन्त्रमा ‘हात्ती आयो हात्ती आयो फुस्सा’



मायादेवी अनलाइन, कपिलवस्तु ।
नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ । लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेको थिएन ।

निर्वाचन नभएपछि राजाले इच्छामा प्रधानमन्त्री बनाउने र हटाउने शङ्ंखला चलिनै रह्यो । तत्कालिन राजा राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे । विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो ।

विसं २०६२ मंसिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि शुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो ।

नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलको मार्ग्चित्रमा सहमत भए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । लेक तन्त्र दिवस आए पनि खास जनताले लोकतन्त्रको अनुभूति गर्न पाएका छैननन् ।

मुलुक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि भ्रष्टाचार, अपराध, दण्डहिनता मौलउँदा जनता दिनप्रतिदिन निरासा बनेका छन् । लोकतन्त्रमा केक न हुन्छ भन्ने जनतालाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तै भएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७६ बुधबार ००:००  ७ : ४८ बजे