मायादेवी अनलाइन, कपिलवस्तु ।
धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५।२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले उल्लेख गरेको छ । भूकम्पका कारण धादिङसहित काठमाडौँ उपत्यका क्षेत्रमा हल्लाएको हो ।भूकम्पले घरहरु हल्लिएका थिए । भूकम्पको धक्कापछि सर्वसाधारण घर बाहिर निस्किएका छन् । राजधानी लगायतका केही स्थानमा मानिसहरु घरबाट बाहिर निस्किएका छन् । बारम्बार धक्का महशुस गरिए पनि आजको भूकम्प भने ठुलो रहेका कारण मानिस भाग्न बाध्य भएका थिए । थप विवरण आउन बाँकी छ ।
११ बैशाख २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया