मायादेवी अनलाइन, वाणगंगा ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीको जिल्ला तहको नेतृत्व सार्वजनिक गरेको छ । आइतबार साँझ बसेको पार्टीको सचिवालय बैठकले अन्तिम रुप दिएको जिल्ला तहको नेतृत्वको विवरण सोमबार सार्वजनिक गरिएको हो । जसमा तत्कालिन एमाले र तत्कालिन माओवादीलाई भागबण्डाका आधारमा नेतृत्व दिइएको छ ।
नेकपाको केन्द्रिय सचिवालयले साविकमा जिल्ला अध्यक्ष रहेकाहरुलाई नै अध्यक्ष र सचिव बनाउने मापदण्डका आधारमा निर्णय गरेसंगै साविक लुम्विनीमा कपिलवस्तु वाहेकका अन्य जिल्लामा यस अघि प्रस्तावित नेतृत्व परिवर्तन भएको छ ।
कपिलवस्तुमा भने प्रस्तावित झविलाल पोख्रेल जिल्ला अध्यक्ष र विष्णु शाह सचिव हुनु भएको छ । तर अर्घाखाँची, रुपन्देही गुल्मी, पाल्पामा भने प्रस्तावित अध्यक्ष र सचिव परिवर्तन भएका छन् । पछिल्लो निर्णय अनुसार रुपन्देहीको अध्यक्षमा शिवराज सुवेदी र दधिराम न्यौपाने सचिवमा चयन हुनु भएको छ । शिवराज बुटवल उपमहानगरपालिकाको मेयर हुनु हुन्छ ।
त्यस्तै अर्घाखाँचीमा चेतनारायण आचार्यले अध्यक्ष र ठाकुर वि.कले सचिवको जिम्मेवारी पाउनु भएको छ । गुल्मीमा मधुकृष्ण पन्तले अध्यक्ष पाउनु भएको छ । उहा माओवादीका तर्फवाट गाउँपालिकाको नेतृत्व गरि रहनु भएको छ भने सचिवमा वीरबहादुर कार्की चयन हुनु भएको छ ।
यता पाल्पामा नारायण आचार्य अध्यक्ष बन्नु भएको छ । उहा प्रदेश सांसद हुनुहुन्छ । दाङमा टिकाराम खड्का अध्यक्ष बन्नु भएको छ । त्यस्तै नवलपरासी पूर्वमा रोशन गाहा र पश्चिममा भविश्वर तिवारी अध्यक्ष, रोल्पामा सुरेन्द्र घर्ती रुकुम पूर्वमा मेघबहादुर श्रेष्ठ, प्युठानमा तुलसीराम शर्मा, पाल्पामा नारायण आचार्य टिकाराम खड्का तुलसीराम पुन, बाँकेमा आई.पी. खरेल, बर्दियामा भवनकुमार थारु अध्यक्षमा चयन हुनुभएको छ ।
१० बैशाख २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया