मायादेवी अनलाइन, वाणगंगा ।
बाटोनै अवरुद्ध हुनेगरी मालवाहक गाडी भित्रिएपछि पूर्व पश्चिम राजमार्गमा आवातजावतमा समस्या भएको छ । भारतबाट आएको उक्त मालवाहक गाडी कृष्णनगर हुदै कपिलवस्तु भित्रिएको हो । बोटलर्स नेपालको मेसिनरी समान कपिलवस्तु हुदै चितवन भरतपुर लैजाने भएपछि सडकमा आवातजावतमा समस्या भएको हो । कपिलवस्तुको कृष्णनगर, चन्द्रौटा हुदै चारनम्बर आउदा पूर्व पश्चिम राजमार्गमा हिड्ने सवारी साधन र सर्वसाधारणलाई निकै सास्ती भएको हो । जिल्ला ट्राफिक कार्यालय गोरुसिंगेले स्कटिङ्ग गरेर उक्त गाडीलाई जिल्ला कटाउने जनाएको छ । कृष्णनगर भन्सार कार्यालय हुदै भित्रिएको उक्त मालवाहक गाडीले सडकनै पुरै ढाकेपछि सवारी साधन र सर्वसाधारणलाई सास्ती भएको हो । आइतबार कृष्णनगरबाट हिडेको उक्त गाडी १२ घण्टामा चन्द्रौटा आइपुगेको थियो । चन्द्रौटाबाट चारनम्बर आइपुग्न ६ घण्टा लाग्यो । कृष्णनगरबाट चन्द्रौटा हुदै चारनम्बर आउदा सडकमा रहेका विजुलीका तार र गाडीको चापको कारण घण्टौ लागेको बताइएको छ । बोटलर्स नेपाल (कोकाकोला कम्पनी) को उक्त मेसिनको तौल ३७ हजार केजि रहेको छ । सडकनै अवरुद्ध हुनेगरी आएको मालवाहक गाडीको उचाई र चौडाईका कारण आवात जावतमा समस्या भएको हो । माथीको आदेश भन्दै ट्राफिक प्रहरीले सडकमा उक्त गाडीलाई आवात जावतमा सहज बनाएको छ ।
कन्टेनर कपिलवस्तु हुँदै चितवन
तेश्रो मुलुकबाट भारत हुदै नेपाल भित्रिएको मालवाहक कन्टेनर भैरहवा नाकाबाट भित्रिने योजना रहेको थियो । भैरहवा नाकाको मुलगेटबाट उक्त कन्टेनर आउन नसकेपछि अर्को रुट हुदै कृष्णनगर नाकाबाट भित्राइएको हो । जिल्ला ट्राफिक कार्यालयले गाडी आवतजावतमा समस्या हुने बताएपछि गाडी केही बेर रोकेको थियो । वहुराष्ट्रिय कोकाकोला कम्पनीले केन्द्रमा सवै च्यानल मिलाएर कृष्णनगर नाका हुदै कपिलवस्तुको बाटो भएर चितवन लैजान लागेको ट्रान्सपोर्ट कम्पनीले जानकारी दिएको छ । ट्राफिक प्रहरीले उक्त गाडीलाई कृष्णनगर, चन्द्रौटा हुदै चारनम्बरमा स्कटिङ्ग गर्दै हिडेको हो । बाटो साघुरो छ, हामीले भनेर हुदैन, माथीको आदेश अनुसार गाडी कपिलवस्तु भित्रिएको एक ट्राफिकले बताए ।
९ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया