९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

अर्घाखाँचीको डोहोटेमा चट्याङ लाग्दा दुई जना गम्भिर



बिष्णु कुमार आले, अर्घाखाँची ।
अर्घाखाँचीमा चट्याङमा परि दुई जना गम्भीर घाईते भएका छन् । घाईते हुनेमा कपिलवस्तु बाणगंगा ११ ओदारीका २२ बर्षिय सुसिला घिमिरे र गुल्मी मदाने ७ का २२ बर्षिय सुरज घिमिरे रहेको प्रहरीले जनाएको छ ।
सन्धिखर्कबाट कपिलवस्तु तर्फ आउदै गरेको लु २६ प ७५१३ र लु २६ प ३६३८ नम्बरको मोटरसाईकलमा सवार गरि हिडिरेका बेला केही बेर अघि उनिहरू पानी परेपछि ठाडा डोहोटेमा सडक छेउमै रहेको गोठमा ओत लाग्न पुगेका थिए ।
गोठमा ओत लागेका उनिहरू माथी एक्कासी चट्याङ लाग्दा दुबै जना घाईते भएका हुन् । अहिले घाईते दुबै जनालाई थप उपचारका लागि बुटवल ल्याईएको हाम्रा अर्घाखाँची सहकर्मी बिष्णु कुमार आलेले खबर पठाउनु भएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७६ सोमबार ००:००  १२ : ४५ बजे