नेपालगञ्ज ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा ५ नम्बर प्रदेश समूह विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ ।
अन्तिम खेलमा ३ नम्बर प्रदेशसँग बराबरी खेल्दै ५ नम्बर प्रदेश समूह ‘क’ को विजेता बनेको हो। यो समूहबाट एपीएफ उपविजेता हुँदै सेमिफाइनलमा पुगिसकेको छ ।
सोमबार बिहान भएको ५ नम्बर र ३ नम्बर प्रदेशबीचको खेल २र२ गोलमा टुंगिएको थियो। सुरुवाति अग्रता ३ नम्बर प्रदेशले लिएको थियो। तेस्रो मिनेटमै धिरज तामाङले गोल गरेका थिए। खेललाई बराबरी गर्न ५ नम्बर प्रदेशलाई २९ मिनेट लागेको थियो ।
३२ औँ मिनेटमा दिपेन्द्रसिंह ठकुरीले गोल गरेर ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याएका थिए। ३५ औँ मिनेटमा सन्जु सेनले गोल थपेपछि ५ नम्बरले अग्रता बढाएको थियो। खेल सकिन २ मिनेट बाँकी रहँदा ७८ औँ मिनेटमा ३ नम्बर प्रदेशका कुशल श्रेष्ठले गरेपछि खेल बराबरीमा टुंगिएको थियो ।
५ नम्बर प्रदेशलाई समूह विजेता हुन बराबरी नै काफी थियो। बाँकेमा खेलाइएको समूह ‘क’ मा ५ नम्बर प्रदेश दश अंकसहित विजेता तथा एपीएफ नौ अंकका साथ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
रुपन्देहीमा भएको अर्को समूहबाट नेपाल पुलिस विजेता र आर्मी उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् । अब फाइनल प्रवेशका लागि प्रदेश–५ र नेपाल आर्मी्बिच मंगलबार बिहान नेपालगञ्ज रंगशालामा पहिलो सेमिफाइनल खेल हुनेछ ।
९ बैशाख २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया