मायादेवी अनलाइन, वाणगंगा ।
आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्रगत महिला फुटवल समूह ‘क’ मा त्रिभुवन आर्मी क्लव समूह विजेता बनेको छ । कपिलवस्तुको बुद्ध रंगशालामा आइतबार सम्पन्न समूह चरणको अन्तिम खेलमा कर्णाली प्रदेशलाई ४–० गोल अन्तरले पराजित गर्दै आर्मी समूह विजेता बनेको हो । आफ्ना ४ खेलमा शतप्रतिशत नजिता हासिल गर्दै १२ अंक सहित आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ ।
आर्मीसंग पराजित कर्णालीले कुनै पनि खेल जित्न सकेन् । कर्णाली अंक बिहीन हँुदै घर फर्केको छ । कर्णाली संगको खेलमा आत्मघाती गोलबाट अग्रता कायम गरेको आर्मीको जितमा जर्सी नम्बर २७ कि हेमा चौधरी, २१ की सुस्मिता तामाङ र १७ कि भुजङ्गा राई गोल गरिन् ।
त्यस्तै प्रतियोगितामा शसस्त्र प्रहरीको एपिएफ ९ अंक सहित समूह उपविजेता बनेको छ । ४ खेल मध्ये ३ मा जित र एकमा हार व्यहोरेको एपिएफले समूह ‘ख’ को विजेता नेपाल प्रहरीसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने भएको छ । समूह विजेता बनेको आर्मीले समूह ‘ख’ को उपविजेता प्रदेश नम्बर ३ संग खेल्नेछ ।
कपिलवस्तुमा भएको खेलमा प्रदेश एक र गण्डकी प्रदेशले चार अंक बटुल्दै तेश्रो र चौथो भएका छन् । आइतबारकै पहिलो खेलमा प्रदेश नम्बर १ र गण्डकीले अंक बाँडेका छन् । प्रतिस्पर्धात्मक खेलमा दुवैले एकएक गोलको बराबरी गर्दै अंक बाँडेका हुन् । प्रदेश नम्बर १ का लागि अनुसा शेर्पाले गोल गरिन भने गण्डकी प्रदेशकी सोनिया प्रजापतिले एक गोल गर्दै खेललाई बराबरीमा रोकेकी हुन ।
८ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया