बिष्णु कुमार आले, अर्घाखाँची ।
गोरुसिङ्गे सन्धिखर्क सडकखण्डको कोन्द्रे खोला नजिकै आइतबार साँझ बसले मोटरसाइकललाई ठक्कर दिदा २ जना गम्भिर घाईते भएका छन् ।
गोरुसिङ्गेबाट सन्धिखर्क जादै गरेको लु १ ख ८०४३ नम्बरको बसले बिपरित दिशाबाट आउदै गरेको लु ३६ प ५२८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार गरेका अर्घाखाँची छत्रदेव गाँउपालीकाका ४५ बर्षिय भुपनारायण श्रेष्ठ र वहाँकी श्रीमती ४० बर्षिय सिता श्रेष्ठ गम्भिर घाईते हुनु भएको हो ।
गम्भिर घाईते दुबै जनालाई उपचारका लागि बुटवल पठाईएको छ । दुर्घटना भएको जानकारी पाउने बित्तिकै ईलाका प्रहरी कार्यालय ठाडा र कपिलवस्तुको पत्थरकोटबाट प्रहरी पुगेर घाईतेहरुको उद्धार गरेका थिए । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय ठाडाले नियन्त्रणमा लिएको छ ।
८ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया