९ मंसिर २०८१, आइतबार | Mon Nov 25 2024

फोरमले सरकार छाडे मात्र एकता सम्भवः पूर्वसंयोजक ठाकुर(राजपा)



काठमाडौँ ,

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका पूर्व संयोजक महन्थ ठाकुरले संघीय समाजवादी फोरमले सरकार छाडे मात्र एकता सम्भव हुने बताउनु भएको छ ।
राजपाका अध्यक्ष मण्डलका पूर्व संयोजक ठाकुरले फोरमसँग एकताको प्रयास जारी भएपनि उसले सरकार नछोडेसम्म एकता संभव नभएको बताउनु भएको हो । उहाँले भन्नुभएको छ एकता भन्ने गम्भीर विषय हो।एकतालाई सुनिश्चित गर्नलार्ई उपेन्द्रजिले तत्काल सरकार छोड्नु पर्दछ, एकता । त्यसका लागि तयारी त भएको छ तर फोरम सरकार रहुञ्जेल त्यो संभव छैन।’

ठाकुरले वर्तमान सरकारले आफुहरुसँग भएको सम्झौता कार्यान्वयन नगरेर एकतन्त्रीय शासन चलाईरहेको उनले बताउन’ भयो ।
मधेसी जनताको हकहितका लागि केपी ओली नेतृत्वको सरकार गम्भीर नभएको र सरकारको कार्यशैली सच्याउन आफुहरुले संघर्ष जारी राख्ने उनको भनाई छ।

राजपा अध्यक्षमण्डलका वर्तमान संयोजक सरदचन्द्र भण्डारीले सरकारविरुद्धको राजपाको आन्दोलन औपचारिकरुपमा सुरु नै नभएको बताउनुभयो ।

उहाँले अहिलेसम्म हामीले आन्दोलनको तयारी मात्रै गरेको भन्दै जब जनतासँगै पार्टी जान्छ, त्यसपछि मात्रै वर्तमान सरकारले राजपाको शक्ति कति छ भन्ने बुझ्ने बताउनु भयो ।

प्रकाशित मिति : ८ बैशाख २०७६ आइतबार ००:००  ८ : ५४ बजे