काठमाडौं ।
‘नेपाल–चीन शैक्षिक मेला’ सुरु भएको छ । दुई मुलुकबीचको शैक्षिक तथा भाषिक ज्ञान आदानप्रदान गर्ने उद्देश्यका साथ आइतबारबाट काठमाडौंको त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा सो मेला सुरु भएको हो । मेलाको उद्घाटन गर्दै सभामुख कृष्णबहादुर महराले दुई मुलुकबीचको जनस्तरमा देखिएको भाषिक समस्या समाधान गर्न यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले सो मेलाले नेपाल–चीनबीचको सम्बन्धलाई झनै प्रगाढ बनाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । चिनियाँ भाषा शिक्षक संघ, नेपालको संयोजनमा आयोजना गरिएको ३ दिनसम्म चल्ने मेलामा नेपाल र चीन दुवै मुलुकका भाषाका विज्ञहरुको उल्लेख्य सहभागिता रहेको छ। मेलामा चिनियाँ भाषाको ज्ञान दिने शैक्षिक सामग्री र ८ वटा स्टल राखिएको चिनियाँ भाषाकी शिक्षक तारा खड्काले जानकारी दिइन्।
८ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया