एजेन्सी ।
आइतबार बिहान श्रीलंकामा भएको श्रृङ्खलावद्ध विष्फोटमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ । विस्फोटमा कम्तीमा २४७ जना घाइते भएको अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
हालसम्मको जानकारी अनुसार तीन चर्च र कोलम्बोको एक पाँचतारे होटलमा समेत गरी कम्तीमा ६ स्थानमा विष्फोट भएको बताइएको छ।विष्फोटमा कैयौँ विदेश नागरिक समेत मारिएको खबर सार्वजनिक भएको छ ।
विष्फोट पश्चात श्रीलंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रधानमन्त्री रानिल विक्रमासंघेले सुरक्षाको लागि आपतकालीन बैठक बोलाएका छन् । घटनास्थलमा राहत तथा उद्धार कार्य जारी छ। अहिलेसम्म कसैले पनि विस्फोटको जिम्मेवारी लिएको छैन ।
श्रीलंकाका राष्ट्रिपति मैत्रिपाला सिरिसेनाले विष्फोटको अनुसन्धान भईरहेको बताएका छन् । उनले मानिसहरुलाई फेक न्यूजमा विश्वास नगर्नका लागि अपिल गरेका छन् ।
श्रीलंकाका अर्थमन्त्री मंगला समरवीराले ट्वीट गर्दै चर्च र होटलमा भएको विस्फोटमा निर्दोष व्यक्तिहरु मारिएको बताएका छन् ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले ट्वीट गर्दै आफूहरुले विष्फोटलाई नजिकबाट नियालिरहेको बताएकी छन् ।
८ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया