पोखरा ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छिन् ।
नेपाल प्रेस युनियन कास्कीद्वारा शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न नसकोको दाबी गरिन् ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति रव्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् ।
एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु नहुने बताउँदै उनले भनिन् “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।” देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उनको जोड थियो ।
प्रतिक्रिया