एजेन्सी ।
गएराती भएको (आइपीएल) क्रिकेटको ३३ औं खेलमा दिल्ली क्यापिटल्सले किङ्स इलाभेन पन्जाबलेलाई ५ विकेटले पराजित गरेको छ ।
गएराती भएको खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पन्जाबलाई ५ विकेटले हराएको हो । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा पन्जाबले दिएको १६४ रनको लक्ष्य दिल्लीले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा र्गयो ।
दिल्लीको जितमा शिखर धवन र श्रेयस आयरले अर्धशतक बनाए । धवन ५६ रनमा आउट हुँदा एयरले अविजित ५८ रन बनाए ।
यस्तै कोलिन इन्ग्रामले १९ रन बनाउदा पृथ्वी शले १३ रन बनाए । पन्जाबका हार्डुस भिलजोइनले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १६३ रन बनाएको थियो ।
पन्जाबका लागि क्रिस गेलले ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै मन्दिप सिंहले ३० रन बनाए । पन्जाबविरुद्ध सन्दीपले ४० रन खर्चेर ३ विकेट लिए । यस्तै कागीसो राबडा र अक्षर पटेलले २र२ विकेट लिए ।
८ बैशाख २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया