मायादेवी अनलाइन, चन्द्रौटा ।
शिवगढी साहित्य संगमको मुखपत्र “शिवगढी आवाज” को शनिबार एक कार्यक्रमका बीच बिमोचन गरिएको छ । शिवगढी इंगलिस स्कूल शिवपुरमा आयोजित कार्यक्रमका बीच संस्थाको मुखपत्र शिवगढी आवाजको बिमोचन गरिएको हो । प्रदेश नं. ५ का प्रदेश सांसद अर्जुन कुमार के.सी., शिवराज नगरपालिका नगरप्रमुख नेत्रराज अधिकारी, उपप्रमुख शिवकुमारी थारुसहित साहित्यिक श्रष्टाहरुले संयुक्त रुपमा शिवगढी आवाजको बिमोचन गरेका थिए ।
साहित्यिक स्मारिका विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद अर्जुन कुमार के.सी.ले भाषा, कला, साहित्यको माध्यमबाट संस्थाले समाज परिवर्तनमा खेलेको भूमिका अतुलनीय रहेको बताए । शिवगढी साहित्य संगमले प्रकाशनमा ल्याएको स्मारिकाले उच्च शिक्षा अध्ययनमा समेत थप सहयोग पुग्ने सांसद के.सी.ले विश्वास व्यक्त गरे । संस्थाले साहित्यिक गतिविधिमा पु¥याएको योगदान सक्षम, सबल र अबिस्मरणीय बनोस् भन्ने शुभकामना समेत दिएका थिए ।
कार्यक्रमका विशिष्ट अतिथि शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले शिवगढी साहित्य संगमले प्रकाशन गरेको कृति शिवराज नगरपालिकाको गहना रहेको उल्लेख गरे । उनले यस किसिमको कृतिलाई निरन्तरता दिंदै समाज परिवर्तनमा अग्रणी भूमिका खेल्न आग्रह गर्दै शुभकामना व्यक्त गरे ।
कार्यक्रमकी विशिष्ट अतिथि शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले हरेक मानवको फरक रुची हुने बताइन् । सबै खाले रुचीको संयोजनबाट नै सामाजिक संरचना बनेको उपप्रमुख थारुले उल्लेख गरिन् । समाजलाई सुसुचित गर्ने सवालमा संस्थाले अहम भूमिका खेलेको उपप्रमुख थारुले औल्याइन् । साहित्यिक क्षेत्रबाट संस्थाले खेलेको भूमिका अतुलनीय रहेको औल्याउँदै आगामी दिनमा नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेकी थिइन् ।
स्मारिका बिमोचनसँगै कार्यक्रममा विभिन्न साहित्य अनुरागीहरुले समाज र देशको समसामयिक विषयमा केन्द्रित रही साहित्यिक रचना बाचन गरेर भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
“भाषा साहित्य कला र संस्कृति, राष्ट्रको अमुल्य निजी सम्पत्ति” भन्ने मूल नारालाई अवलम्बन गर्दै वि.सं. २०६९ सालमा स्थापना भएको शिवगढी साहित्य संगमले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ ।
शिवगढी साहित्य संगमलाई यो अवस्थासम्म ल्याई पु¥याउन हरेक क्षेत्रबाट सहयोग पु¥याएकोमा सबैलाई धन्यबाद दिंदै आगामी दिनमा समेत सबैसँग सहकार्य गरी अघि बढ्ने संस्थाका अध्यक्ष अर्जुन कुमार पौडेलले प्रतिबद्धता जाहेर गरेका थिए ।
७ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया