१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

देउवा भन्छन्, सरकारले जनताको अधिकार खोस्न खोज्यो



काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको अधिकार खोस्न खोजेको आरोप लगाएका छन। काठमाडौंमा शनिबार आयोजित ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा सभापति देउवाले प्रजातान्त्रिक हक र अधिकारलाई बेवास्ता गरेर सरकारले काम गरिरहेको आरोप लगाएका हुन।
’सेना परिचालन गर्ने अधिकार र राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्रीको मातहत राखेर वर्तमान सरकारले शासन गर्न खोजेकाले यसविरुद्ध कांग्रेस जाग्नुपर्ने बेला आएको छ’, उनले भने ।
निर्मला पन्तको बलात्कारी र हत्यारालाई वर्तमान सरकारले संरक्षण गर्न खोजेको सभापति देउवाको आरोप थियो। पार्टी्भित्र अनुशासन हराउँदै गएको छ तर अब अनुशासनविरुद्ध काम गर्ने जोकोहीलाई कारबाही गरिनेमा जोड दिँदै देउवाले घरघर गएर पार्टीको संगठन विस्तार गर्न कार्यकर्तालाई निर्देशन दिए। महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसले आफ्नो शक्ति निर्वाचनमा परिचालन गर्न नसक्दा पराजय भोग्नुपरेको बताए ।
सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी निर्वाचनमा बहुमत ल्याउने गरी पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बेला आएको बताए । कांग्रेस आफ्नै पार्टीका साथीका कारण निर्वाचनमा पराजय भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  १० : २० बजे