मायादेवी अनलाइन, वाणगंगा ।
वाणगंगा नगरपालिका वडा नं. ४ झुँगाकी २८ वर्षीय अनिता पौडेलको हत्यामा संलग्न तीन जना पूर्पक्षका लागि थुनामा गएका छन् । हत्यामा संलग्न रहेको आरोपमा भारतको पंजाब बस्दै आएका अनिताका श्रीमान बाबुराम पौडेल (विष्णु), उनका भिनाजु बुटवल उपमहानगरपालिका वडा नं. १३, नयागाउँका श्रीहरि गौतम र देवदह नगरपालिका वडा नं. ६ चरङगेका गुनाखर अधिकारी थुनामा गएका हुन् ।
न्यायधिश बसन्तजंग थापाको ईजलासले उनीहरुलाई पूर्पक्षका लागि थुनामा पठाउने फैसला गरेको हो । फैसला संगै उनीहरुलाई कारागार पठाईएको छ । हत्या आरोप लागेका एक जना भने फरार छन् । अनिताको रहस्यमय तरिकाले दुई महिना अघि हत्या गरिएको थियो । आरोपीहरु साता सम्म पनि पक्राउ पर्न नसकेपछि स्थानीयले प्रहरी माथी हत्या आरोपी पक्राउ गर्न दबाब दिएको थियो । धर्ना जुलुस सम्म पनि भएको थियो । प्रहरीले आरोपीलाई गत चैत्र २१ गते पत्रकार संमेलन गरि डेढ महिना पछि सार्वजनिक गरेको थियो ।
संपत्ती र पारिवारिक रिसिईबीका कारण भिनाजु श्रीहरि गौतमको योजनामा अनिताको हत्या गरिएको थियो । अनिताका श्रीमान दोस्रो विवाह गरेर भारत बस्दै आएका थिए । बाबुराम र अनिता बीच सम्पत्तीका बिषयमा मुद्दा चल्दै थियो । साला बाबुराम संग अनिताको विवाद बढदै गएपछि भिनाजु श्रीहरिले मिलाउने प्रयास गर्दै अनितासंग नजिकिए । त्यसपछि हत्या योजना बनाएका थिए । अनिताको रहस्यमय तरिकाले हत्या गरिएको थियो ।
यो पनि पढ्नुहोस्
अनिताको हत्यामा ७ लाखको डिल, मासिक २५ हजारको जागिर दिने प्रलोभन !
अनिता हत्या योजनाको खास खुलासा ? प्रहरीको अप्रेसन यसरी सफल भयो !
अनिताको हत्यामा उनकै श्रीमान सहित तीन जना संलग्न !
प्रतिक्रिया