१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

आईपीएलमा आज दुई खेल, पहिलो खेलमा मुम्बई र राजस्थान भिड्दै



काठमाण्डौ ।
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएल) मा शनिबार हुने पहिलो खेलमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समय अनुसार अपरान्ह ४ बजेर १५ मिनेटमा शुरु हुनेछ ।
आफूले खेलका आठ खेल मध्ये ६ मा हार व्यहोरेको अजिन्क्या राहाणेको कप्तानीमा रहेको राजस्थान चार अंकका साथ अंक तालिकाको सातौँ स्थानमा छ। यस्तै हालसम्म नौं खेल खेलेको रोहित शर्माको कप्तानीमा रहेको मुम्बई ६ मा जित निकाल्दै १२ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा रहेको छ ।
राजस्थान र मुम्बई यो सिजनमा दोस्रो पटक भिड्दै छन्। पहिलो खेलमा राजस्थानले मुम्बईलाई चार विकेटले पराजित गरेको थियो। मुम्बईसँगको आजको खेलमा पराजित भएमा राजस्थानको प्लेअप पुग्ने सम्भावना कठिन हुनेछ । आजै हुने दोस्रो खेलमा बेलुकी ८ बजेर १५ मिनेटमा दिल्ली क्यापिटल्स र किङ्स–११ पञ्जाव भिड्ने छन्।

प्रकाशित मिति : ७ बैशाख २०७६ शनिबार ००:००  ८ : ०८ बजे