काठमाडौं ।
कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोली (आइतबार)को लागि तय गरेको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरेको छ ।
दोश्रो चरणको कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले जारी पूर्व्निर्धा्रित राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गरिएको राप्रपा प्रचारविभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाका अनुसार यो कार्यक्रम दोश्रो चरणको संर्घषमा समावेश गरिनेछ ।
आज शनिबार बसेको पार्टीको केन्द्रीय कार्य समितिको आकस्मिक बैठकले दोश्रो चरणको संघर्षको कार्यक्रमलाई थप प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं ३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरिएको गरेको छ ।
बैठकले हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपा आह्वान समेत गरेको छ ।
७ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया