मायादेवी अनलाइन, वाणगंगा ।
आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत शनिबार विहान भएको महिला फुटवलमा प्रदेश नम्बर १ ले पहिलो जित दर्ता गरेको छ । कपिलवस्तुको बाणगंगा बुद्धरंगशालामा भएको खेलमा प्रदेश नम्बर १ ले प्रतियोगिताकै कमजोर मानिएको कर्णाली प्रदेशलाई २ शुन्य गोल अन्तरले पराजित गर्दै पहिलो जित हासिल गरेको हो । पहिलो हाफमा दुवै समुहले गोल गर्ने प्रयास गरेपनि बलले जाली चुम्न नसक्दा गोलरहित बराबरीमा टुङ्गियो । त्यसपछि सुरु भएको दोस्रो हाफमा भने प्रदेश नं. १ ले उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गर्न सफल भयो । दोस्रो हाफको १२ औं मिनेटमा जर्सी नं. १९ की खेलाडी ओजीको गोलबाट अग्रता लिएको प्रदेश १ ले ६४ औं मिनेटमा दोस्रो गोल गर्यो ।
यति खेर जर्सी नं. ७ की सावित्रा मगर नायक बनिन । उनकै निर्णायक गोलमा कर्णाली प्रदेश २–० को नतिजा सुम्पदै प्रतियोगीताबाट बाहिरिन बाध्य भयो ।
नेपाल आर्मी र एपिएफ संग फराकिलो अन्तरले हार भोगेका यी २ टोलीबीचको खेल भने निकै रोमाञ्चक बनेको थियो । कर्णालीले पनि गोल गर्ने प्रयास गरे पनि गोल गर्न सकेन । आजको हारसंगै कर्णली अंक विहिन हुँदै अंकतालिकाको पुछारमा छ भने प्रदेश १ ले ३ अंक जोडेको छ ।
प्रतियोगितामा शनिबार अपराह्न पनि निकै महत्वपूर्ण खेल हुँदै छ । प्रतियोगितामा अपराजित रहेका आर्मी र एपिएफले अपराह्न ४ बजे प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता भर शशक्त खेल देखाएका यी दुवै टोलीबीचको विजता नै समुह विजेता बन्दै अघिल्लो चरणमा प्रवेश गर्ने छ । दुवै टिममा राष्ट्रिय खेलाडी रहेकाले खेल निकै रोचक हुने अपेक्षा गरिएको छ ।
७ बैशाख २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया