दाङ
नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका दुईजना केन्द्रीय सदस्य दाङको तुलसीपुरबाट पक्राउ परेका छन् । प्रहरीले घेरा हालेर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चुडामणि वली र चन्द्र बहादुर खड्कालाई पक्राउ गरेको हो ।
सल्यान प्रहरी र तुलसीपुर प्रहरीले घेराहालेर तुलसीपुर–सल्यान सडक खण्डको पैयाँखोरेबाट उनीहरुलाई आज पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले उनीहरुसँगै अर्का एक नेतापनि पक्राउ परेको जानकारी दिएपनि उनको नाम र राखिएको स्थान खुलाउन चाहेको छैन ।
यता तुलसीपुर प्रहरीले पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय दाङमा राखिएको जानकारी दिएको छ । स्रोतका अनुसार उनीहरु भेटघाटका लागि सल्यान जाँदै थिए ।
६ बैशाख २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया